• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सीतालाई यसरी चिनायो प्रहरीले नियम विपरित
सीतालाई यसरी चिनायो प्रहरीले नियम विपरित

माघ ७ – प्रहरी कानुनी व्यवथा अनुसार विशेष प्रकृतिको अपराध अन्तर्गत बलात्कार, मानवबेचबिखन लगायतका विषय पर्दछन् ।

यसतै विशेष प्रकृतिको विषयमामा पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था प्रहरी प्रधान कार्यालयले एउटा घटनाको गोपनियता भंग गर्दै पीडितको नाम थर खुलासा गरेको छ ।

प्रहरीले साउदीबाट फर्किंदा अध्यागमन कर्मचारीबाट लुटिएकी र प्रहरीबाटै बलात्कृत सीता राईको छद्म नामबाट परिचित युवतीको वास्तविक परिचय सार्वजनिक गरेको हो ।

यसरी उनको नाम ठेगाना खुलासा गर्नु कानुनको उल्लंघन मानिन्छ । यस घटनाले पीडितलाई थप पीडा दिने काम गरेको भन्दै कानुन व्यवसायी दुःखित बनेका छन् ।

साथै, पीडितको यसरी नाम ठेगाना खुलासा गरेपछि पीडितमाथि यस घटनाले केही भएमा कसले जिम्मेवारी लिने भन्ने पनि प्रश्न उब्जाएको छ ।




कानुन अनुसार बलात्कृत युवतीको पहिचान मात्र होइन, उनका अभिभावक, नातेदार र वतनसमेत सार्वजनिक गर्न नपाइने प्रावधान भएपनि यसरी नाम ठेगाना सार्वजनिक गर्नु नियोजित जस्तो देखिएको कानुन व्यवसायीहरुको भनाई छ ।

विशेष प्रकृतिको मृद्दामा पक्षको गोपनीयता कायम राख्ने निर्देशिका २०६४ अनुसार महिला र बालबालिका, त्यसमा पनि बलात्कार र बेचबिखनमा परेका पीडितको नाम गोप्य राखिनुपर्ने हुन्छ ।

राईसम्बन्धी घटनाको अनुसन्धान गर्न सरकारद्वारा गठित उच्चस्तरिय समितिले समेत प्रतिवेदनमा सांकेतिक नाम नै प्रयोग गरेको अवस्थामा राईलाई अर्काको राहदानीमा साउदी अरब पठाउने एजेन्ट पक्राउबारे प्रहरी प्रधान कार्यालयको समाचार कक्षबाट जारी समाचार बुलेटिन र प्रहरीको आधिकारिक वेबसाइटको समाचारमा पीडितको वास्तविक नाम ठेगाना उल्लेख छ ।

प्रकाशित मिति: January 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |