• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नाताले नातिनी पर्ने बालिका बलात्कार गर्ने हजुरबुवा पक्राउ
नाताले नातिनी पर्ने बालिका बलात्कार गर्ने हजुरबुवा पक्राउ

माघ ६ – महिला अधिकारकर्मीहरुको कडा चेतावनीपछि प्रहरीले नाताले नातिनी पर्ने बालिका बलात्कार गर्ने हजुरबुवालाई पक्राउ गरेको छ ।

महिला अधिकारकर्मीहरुले बलात्कारीलाई गिरफ्तार नगरे जिल्ला प्रहरी कार्यालय अगाडि नै अनशन बस्ने चेतावनी दिएपछि बलात्कारी हजुरबुबा धादिङ मैदी ९, छापथोकका साने सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार गरेर फरार भएको १५ दिनसम्म पनि प्रहरीले पत्ता लगाउन नसकेको अभियुक्तलाई चितवनस्थित खैरेनीका स्थानीयको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो । ५६ वर्षीय सार्कीले गत पुस २० गते साँझ घरमा खेलिरहेकी नातिनी नाता पर्ने ९ वर्षीया बालिकालाई खानेकुरा खानदिने प्रलोभन देखाएर कोठामा लगी जबरजस्ती करणी गरी फरार भएका थिए ।

चितवनको खैरेनीमा मितको घरमा आश्रय लिएर बस्दै आएका साने सार्कीलाई स्थानीय प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको हो । पक्राउपछि सार्कीलाई शुक्रबार बेलुकी प्रहरीले अधिकरकर्मी र सञ्चारकर्मीका सामु सार्वजनिक गरेको छ ।

उनलाई जर्वजस्ती करणीको ऐनअनुसार कारबाही प्रक्रियाअघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |