• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चिसोले विमान नचलेपछि गृहमन्त्री गाडीबाटै फर्किए
चिसोले विमान नचलेपछि गृहमन्त्री गाडीबाटै फर्किए

पुस २४ – चिसोका कारण विमान सेवा समेत अवरुद्ध भएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदार विराटनगरबाट गाडीमै राजधानी फर्किएका छन् ।


पूर्वी क्षेत्रमा तीन दिनदेखि बढ्दै गएको चिसोले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको हो ।

चिसोले गर्दा विराटनगर बजारमा मानिसको आवातजावत समेत घटेको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीको चहलपहल पनि न्यून बन्दै गएको छ ।

चिसोको प्रभावले हिजो र अस्ति दुई दिन विराटनगर विमानस्थलमा कुनै पनि विमान आउन नसकेपछि दुई दिन पहिले विशेष कामले विराटनगर आएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विमान सुचारु हुन नसक्दा हिजो आफ्नै गाडीबाट काठमाडौँ फर्किएका हुन् ।

आज बिहान चिसो कम नभए पनि आकास सफा रहेकाले विराटनगर विमानस्थलमा बुद्ध र अग्नि विमान कम्पनीले उडान भरेको बुद्ध एयर कार्यालयले जनाएको छ ।

अत्यधिक जाडोले गर्दा बृद्धबृद्धा, बालबालिका, बिरामी र अशक्तहरु बढी प्रभावित भएका छन् । दिउँसो घाम नलाग्ने भएकाले अझ केही दिन बढी चिसो रहने मानिसहरुको अनुमान छ ।

प्रकाशित मिति: January 08, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |