• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बैङ्कका प्रबन्धकद्धारा आत्महत्या
बैङ्कका प्रबन्धकद्धारा आत्महत्या

पुस २४ – कञ्चन डेभलप्मेन्ट बैङ्क अत्तरिया शाखाका प्रबन्धक गजेन्द्र रावलले बिष सेवन गरी आत्महत्या गरेका छन् ।


आज बिहान करिब नौ बजेतिर आफ्नै कोठामा सल्फास नामक बिषादी सेवन गरेको अवस्थामा रावललाई उनका सहकर्मीले पद्मा अस्पतालमा पुर्याएका थिए ।

अस्पतालमा डक्टर संग आफुले सल्पास नामक बिसादीको तिन वटा चक्की खाएको समेत स्वीकार गरेका रावलको उपचारका क्रममा ज्यान गएको हो ।

बैङ्ककै माथिल्लो तल्लामा क्वाटरमा बस्दै आएका रावलले आज बिहान बजार निस्की साथिभाई संग चिया खाएको भएपनि अध्यापनका लागि नियमित जाने गेटा ३ स्थित बसन्तपुरमा रहेको होलिल्याण्ड उच्च माध्यमिक बिद्यालयमा भने नगएको बुझिएको छ ।

उमावीका प्लस टु संयोजक समेत रहनुभएका रावलले १ महिना अघि कंचन बैकबाट राजीनामा दिएपनि हिजो सोमबार मात्रै उनको राजीनामा स्वीकृत भएको समेत बुझिएको छ ।

उनले किन विष सेवन गरी आत्महत्या गरे भन्ने कुराको एकनि पुष्टि भने हुन सकेको छैन । यद्यपी बिभिन्न कुराहरु बाहिर आएकाले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका रावलको शव पोष्टमार्टमका लागि उनका आफन्तले महेन्द्रनगर स्थित महकाली अञ्चल अस्पताल लगेका छन् ।

प्रकाशित मिति: January 08, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |