• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » हेलिकप्टर दुर्घटनामा ५ अमेरिकीसहित सातको मृत्यु
हेलिकप्टर दुर्घटनामा ५ अमेरिकीसहित सातको मृत्यु

पेरुमा हेलिकोप्टर दुर्घटना, पाँच अमेरिकीसहित सातको मृत्यु
पेरुको राजधानी लिमाबाट उत्तरी क्षेत्रको एक गाउँमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि सात जनाको मृत्यु भएको छ ।


सो दुर्घटनामा परी मृत्यु हुनेमा पाँचजना अमेरिकी नागरिक परेकोे बताइएको छ । सो हेलिकोप्टर तेल तथा खानीसम्बन्धी कम्पनीले प्रयोग गरिरहेको पाइएको छ । सोही क्रममा उक्त कम्पनीका कर्मचारीहरु सो गाउँमा गएको हुनसक्ने बताइएको छ ।

सोमबार उत्तरी पेरुको सान जुवान गाउँमा सो दुर्घटना भएको पाइएको हो । दुर्घटना सो क्षेत्रमा रहेको घना जङ्गलको नजिकै भएको थियो । उक्त दुर्घटनामा परी सातजनाको ज्यान गएको र त्यसमा पाँच अमेरिकी र दुई जना पेरुका नागरिक रहेको स्थानीय रेडियोले प्रहरीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ ।

प्रत्यक्षदर्शी गाउँलेले सो हेलिकोप्टर दुर्घटना हुँदा गाउँमा निकै ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: January 08, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |