• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » चट्याङ लागेर एक महिलाको मृत्यु, एक जना घाइते
चट्याङ लागेर एक महिलाको मृत्यु, एक जना घाइते

माघ ५ - कैलालीमा आज चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।


गएरातिदेखि भएको वर्षासँगै परेको चट्याङ लागेर कैलालीको टीकापुरमा एक महिलाको मृत्यु भएको हो ।

टीकापुर नगरापालिका–९ एकतापुर शिविरकी ३५ वर्षीया भृकुली विकको गएराति करिब २ बजे चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चट्याङ लागेर उनका चार वर्षीय छोरा दीपक विक घाइते भएका छन् । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङले उनको घरमा समेत क्षति पुगेको छ । गएरातिदेखि त्यसक्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार गएरातिदेखि आज बिहान ८:३० बजेसम्म कैलालीमा २०.३ मिलिलिटर वर्षा भएको छ ।

वर्षाले गहुँ र मुसुरोलाई फाइदा पुगेपनि भित्र्याउन लागिएको तोरीमा क्षति पुगेको कृषि कार्यालय धनगढीका प्रमुख खगेन्द्र शर्माले बताएका छन् ।

प्रकाशित मिति: January 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |