पुस २४, रासस – काभ्रेका किशोर किशोरीहरू आजकल यौन प्रजननबारे खुलेर कुरा गर्न थालेका छन् ।
परिवार नियोजन सङ्घ काभ्रेको पहलमा साथी शिक्षक कार्यक्रम सुरु भएपछि उनीहरूले यौन प्रजननबारे खुलेर कुरा गर्न थालेका हुन् ।
दस जना परामर्शदाता, २१ जना साथी शिक्षक र १२६ जना साथी समूह निर्माण गरी परिवार नियोजन सङ्घले एक परियोजनामार्फत काभ्रेको १० गाविसमा सो कार्यक्रम सञ्चालन गरेको छ ।
यौन सम्बन्धबाट किशोर किशोरीमा हुने जोखिम घटाउन यसले मद्दत गर्छ, परिवार नियोजन सङ्घ काभ्रेका प्रबन्धक विद्याकेशर सिंहले भने ।
यसबाट किशोर किशोरीमा विवाहअघि राखिने सम्बन्धले पार्ने समस्याका बारेमा उनीहरूलाई जानकारी हुने उल्लेख गर्दै यसले समाजमा चेतनाको विकास भएको उनले बताए ।
परिवार नियोजन सङ्घले सो परियोजनामार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित किशोर किशोरीका लागि घरदैलो क्लिनिकसमेत सञ्चालन गरिने जनाएको छ ।
सो परियोजनामार्फत धनकुटा, डोटी, कास्की र काभ्रेमा मात्रै साथी शिक्षकमार्फत यौन प्रजननबारे कार्यक्रम सञ्चालन भएको छ । फोटोः गुगल
