• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एक नम्बर कठपुतली नै बाबुराम : अध्यक्ष किरण
एक नम्बर कठपुतली नै बाबुराम : अध्यक्ष किरण

पुस १८ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले बाबुराम नेतृत्वको अहिलेको सरकार एक नम्बर कठपुतली भएको बताएका छन् ।


राजधानीस्थित पार्टी कार्यालय बुद्धनगरमा सञ्चार राज्य र साँस्कृतिक राज्यको आज संयुक्त अधिवेशनको उदघाटन गर्दै उनले अहिलेसम्म बनेका सबै सरकार कठपुतली भएको र त्यसमा सबैभन्दा बढी कठपुतली बाबुरामकै सरकार भएको बताए ।
कार्यक्रममा उनले उत्पिडित वर्गको उत्थान तथा राष्ट्रियता, जनजीविका, जनसंविधानका लागि आफूहरु जे गर्न पनि पछि नपर्ने जनाए ।

उनले अहिले साम्राज्यवादी तथा विस्तारवादीहरु सेना लिएर भन्दा पनि उनीहरुद्वारा सञ्चालित एजेन्ट तथा दलालबाट आफ्नो फाइदा लिईरहेको भन्दै त्यसतर्फ पनि सचेत हुन आग्रह गरे ।

सो कार्यक्रममा उनले देशभक्त सबै एकजुट हुनुपर्ने बेला आएको भन्दै गणतन्त्रणको नारामा राजा पञ्चेहरु आए भने पनि गणतन्त्र स्थापनाका लागि सँगै लड्न तयार रहेको बताए ।

वैद्यले विश्वका धेरै मुलुकमा संविधानसभाबाट संविधान बनेको भएपनि संविधानसभाबाट कहीँ पनि क्रान्ति सम्पन्न नभएको पनि उल्लेख गरे ।

प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |