बाबुको स्मृतिमा रु ५१ हजारको अक्षयकोष
फागुन १७, रासस – तनहुँका दुई युवकले छिमेकी जिल्लाको एक विद्यालयमा बाबुको स्मृतिमा रु ५१ हजार १५१ को अक्षयकोष स्थापना गरेका छन् ।
व्यासनगरपालिका – १ भाँदगाउ निर्मलनगर निवासी दाजु अमर र भाइ भरत भण्डारीले स्व रामबहादुरको सम्झनामा गोरखाको आरुअर्वाङ गाविस– ५ स्थित स्थानिका निम्नमाध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
उक्त विद्यालयको हालै सम्पन्न २९ औँ वार्षिकोत्सवको अवसर पारेर दाजुभाइले अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयलाई रु १० हजार ११० समेत सहयोग गरेको विद्यालयका प्रधानाध्यापक डिल्लीराम पनेरुले बताए ।
दलित र जनजातिको बाहुल्य रहेको सो विद्यालयमा उक्त अक्षयकोषको रकमबाट आउने ब्याजले बर्सेनि दलित, गरिब र इमानदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको अमर भण्डारीले बताए ।
प्रकाशित मिति:
February 28, 2013