नायिका प्रियंका कार्कीले त डिभोर्स पो गरेकी रे !
नायिका प्रियंका कार्कीको आफ्नो २६ औँ बसन्तमा आफ्नो डिभोर्सको रहस्य खोलेकी छन् ।
रोचक मैनालीसँगको मागी विहेलाई आफूले डिभोर्समा परिणत गरेको एक वर्ष भएको खुलासा गरेकी हुन् । प्रियंकाले डिभोर्स गरेको हल्ला बाहिर आएपनि उनले यसलाई स्वीकारेकी हुन् ।
फिल्म 'मेरो बेष्ट फ्रेण्ड' र 'थ्री लभर्स' सकिए लगत्तै डिभोर्स गरेको प्रियंकाले बताएकी छिन् । डिभोर्स के कारणले गर्दा भयो भन्ने बारेमा प्रियंकाले खुलाउन चाहिनन् । हाल अमेरिकामा बस्दै आएका रोचक मैनालीसँग प्रेम पश्चात उनले मागी विहे गरेकी थिइन् ।
अमेरिकामा फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचकसँग प्रियंकाको भेट भएको थियो र उनीहरुले सन् २०१० जुलाई १७ मा विहे गरेका थिए ।
सम्बन्ध विग्रिएर नेपाल आएपछि भने प्रियंका अभिनयमा निकै व्यस्त छिन् ।
प्रकाशित मिति:
February 28, 2013