१३ हजार शिक्षकका लागि ६ लाख भिड्ने
फागुन १३ – १३ हजार शिक्षक पदका लागि खुलाइएको विज्ञापनमा देशभरबाट ६ लाख बढीको आवेदन परेको छ ।
शिक्षक सेवा आयोगले खुला गरेको स्थायी शिक्षक पदका लागि १३ हजार १ सय ३५ पदमा ६ लाख संख्यामा आवेदन परेको हो ।
शिक्षक सेवा आयोगले १७ वर्षपछि स्थायी शिक्षकका लागि दरखास्त खोलेको हो ।
जस अन्तर्गत आयोगले प्राथमिक तहमा ७ हजार ८ सय ७७, निम्न माध्यमिक तहमा २ हजार ७ सय ६७ र माध्यमिक तहमा २ हजार २ सय ४६ शिक्षकका लागि आवेदन मागेको छ ।
२० पुसदेखि १० फागुनसम्म आयोगले स्थायी शिक्षक पदका लागि आवेदन खुल्ला गरेको थियो ।
प्रकाशित मिति:
February 24, 2013