फागुन १६ – श्रीमानले एक पछि अर्को गरी सौता हाल्न थालेपछि आफुहरुलाई बिचल्लीमा पारेको भन्दै डडेल्धुराको आलिताल ९ जोगबुढाका करन कुवरकी तीन वटै श्रीमती न्यायकोे माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् ।
हाल अत्तरियामा डेरा गरी बस्दै आएका २४ वर्षिय कुवरले एक हप्ता अगाडी कंचनपुरबाट चौथो विवाह गरेर ल्याएपछि आफुहरुलाई बिचल्लीमा पारेको भन्दै कुवरीकी तिन वटै श्रीमती श्रीमानलाई कारबाही र न्यायको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् ।
अरु सँग बिवाह नगरेको र तिमी मात्रै मेरो श्रीमती भएको भनी श्रीमानले फकाउने गरेको कुवरीक जेठी श्रीमती पुष्पा कुवर रावलले बताइन् ।
पुष्पाको जस्तै गुनासो कुवरकी माइली श्रीमती लक्ष्मी कुवर वोगटीको समेत रहेको छ ।
यस्तै करिब तिन महिना अगाडी मोवाइलबाट चिनजान भएको बताउदै कुवरकी कान्छी श्रीमती कौशिला कुवर देउवाले पनि आफ्नो विवाह नभएको र विवाह नगरे वेइज्जत गरिदिने भनी आफुसँग बिवाह गरेको बताउनुभयो । श्रीमानले एक पछि अर्को बिवाह गरेपनि घरमा ससुराले केहि पनि छोरालाई नभन्ने गरेको पुष्पाले गुनासो गरिन् ।
न्यायकोे माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका तिनै जनाको विषयमा केहि दिन अनुसन्धान गर्नुपर्ने बताउदै प्रहरीले मुद्धा दर्ता भने गरेको छैन् ।
करन कुवर भने अहिले फरार रहेको प्रहरीले जनाएको छ । अहिले तिनै जना युवतीहरु ओरेक नेपालको महिला पुनःस्थापना गृहमा रहेको ओरेक नेपाल धनगढीकी प्रमुख संगिता अधिकारीले बताइन् ।