छारे रोगी मृत अवस्थामा फेला
फागुन १२ – मोरङको टङ्किसिनवारीका छारे रोगबाट पीडित एक व्यक्तिको बुढी खोलामा डुबेर मृत्यु भएको छ ।
टङ्किसिनवारी–७ का २७ वर्षीय बुधनलाल सरदारलाई खोलामा पाइन्ट आधा सारेको अवस्थामा मृत अवस्थामा हिजो बेलुका फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घरबाट फागुन ८ गते बाख्रा चराउन हिँडेका सरदार विगत लामो समयदेखि छारे रोगबाट पीडित भएको बताइन्छ ।
प्रकाशित मिति:
February 23, 2013