चैत्र १३ - सँधै ज्ञान गुणका कुरा सिकाउने शिक्षकहरुले विद्यालयमा नांगिएपछि विद्यार्थीहरु अचम्ममा मात्रै परेनन् भागदौड समेत मच्चिन पुग्यो ।
यो घटना अन्य देशमा नभएर हाम्रै देशको पनि सप्तरी जिल्लामा भएको हो ।
सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले तलव लिन नांगिन पुगेका हुन् । प्रध्यापकहरुले सोमबार त्यसरी विरोध जनाएपछि भने चार महिनाको एकमुष्ट तलब पाए ।
उनीहरु नांगिन नै थालेपछि क्याम्पसको विकास बजेटबाट सापटी लिएर २१ जना प्राध्यापकलाई तलव वितरण गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयले उपलब्ध गराउनु पर्ने तलव विगत दुई वर्षदेखि निकासा नभए पछि प्राध्यापकहरुले दवावका लागि नाङ्गो फोटो खिचाएर प्रचार–प्रसारमा उत्रिएका हुन् ।
प्रध्यापकका कारण क्याम्पसको ईज्जत जानथाले पछि सापटी लिएर तलव उपलब्ध गराएको क्याम्पस प्रमुख डा. चिरञ्जीवीलाल देवको भनाई छ ।
कार्तिक सम्मको तलव पाएका आंशिक प्रध्यापकले क्याम्पसलाई नराम्रो देखाउन आन्दोलन चर्काएको उनले आरोप लगाएका छन् ।
प्राविधिक समस्याका कारण केही दिन पर्खन आग्रह गर्दा समेत नमानेका नन्दकिशोर यादवको नेतृत्वमा आन्दोलित २१ जना आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा समेत तोडफोड गरेको देवले बताए ।