चैत ११, रासस -पाल्पामा भान्जाले आफ्नै मामाको हत्या गरेका छन् । यम्घा गाविस–४, निबुवाछापमा भान्जाले ५६ वर्षीय मामा ताराप्रसाद न्यौपानेको हत्या गरेका हुन् ।
खानीगाउँ गाविस–६, दौलातुङ निवासी २० वर्षीय भान्जा खगु बस्यालले मामाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा खगुले घरेलु हतियार प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मदिरा सेवनपछि मामा भान्जाबीच हिजो बिहान सामान्य भनाभन भएको र कुटपिटका क्रममा खगुले घरेलु हतियार प्रहार गर्दा मामा ताराप्रसाद गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दका अनुसार भान्जाको कुटाइबाट मामाको हिजो नै मृत्यु भएको देखिए छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेके उनले बताए ।
बस्यालको कुटाइबाट न्यौपानेको मृत्यु भएको गाउँलले राति ११ बजे प्रहरीमा खबर गरेपछि बस्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मामा ताराप्रसाद घरमा एक्लै बस्दै आएका थिए । गत वर्षको एसएलसीमा फेल भएपछि खगुले यसपालि पनि मामा घर बसेर परीक्षा दिएका थिए ।