चैत्र १८ - जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसर विदुरमा भेटिएको बम नेपाली सेनाले निस्क्रिय(डिस्पोज) गरेको छ ।
पाँच दिनअघि डोजर लगाउने क्रममा भेटिएको सो बमलाई हिजो सेनाको फष्ट राइफल गणको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो ।
दसवर्षे सशस्त्र युद्धको समयमा प्रहरी कार्यालय सुरक्षाको लागि बिछ्याइएको बम युद्ध सकिएपनि थाहा नै नभएकाले ननिकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
प्रहरी परिसरमा डोजर लगाएर सम्याउने क्रममा भेटिएको बमलाई चार दिनको अध्ययनपछि सेनाले हिजो मध्यान्ह् निस्क्रिय बनाएको हो ।
जमिनमुनीको बम विस्फोट भएको भए जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई नै ठूलो क्षति हुने सम्भावना रहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटको प्रहरी प्रमुखको कार्यकक्ष र बम भेटिएको स्थान केही मिटरको दुरीमा मात्र पर्दथ्यो ।
Powered by Blogger.
जिल्ला प्रहरी कार्यालयमै भेटियो बम
प्रकाशित मिति:
March 31, 2013