चैत्र १७ नाराबाजीसहित पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक पर्वेज मुसर्रफलाई वकिलले जुत्ता प्रहार गरेका छन् ।
कराँचीको सिन्ध उच्च अदालतमा हत्या, षड्यन्त्र र न्यायाधीशलाई निलम्बन गरेको आरोपमा मुद्दा खेपिरहेका उनलाई अदालतभित्र करिब २० वकिलले ुयी तानाशाह हुन्, यिनलाई झुन्डयाउनुपर्छु भन्ने नाराबाजी गरेको र त्यसमध्ये एक जनाले जुत्ता हानेका हुन् ।
पाँच वर्षदेखि निर्वासनमा रहेकाका मुसर्रफ गत आइतबार मात्र पाकिस्तान फर्केका हुन् । आगामी मे ११ मा हुने भनिएको आमनिर्वाचनमा भाग लिन ६९ वर्षीय मुसर्रफ स्वदेशमा थिए ।
सोही अवसरमा उनको मुद्धाको धरौटीको समय बढाउनका लागि अदालत धाएको अवस्थामा उनीमाथि जुत्ता हानिएको हो ।
मुसर्रफलाई जुत्ता प्रहार गरिएपछि नलागेको सञ्चारमाध्यमले जनाएका छन् । उनलाई जुत्ता प्रहार गर्ने ती वकिललाई प्रहरीले पक्राउ गरेको छ ।
मुसर्रफले १९९९ रक्तपातविहीन तरिकाले सैनिक 'कू' बाट शासन आफ्नो हातमा लिएका थिए । २००८ को अगस्टमा आसिफ अलि जर्दारी राष्ट्रपति पदमा निवार्चित भएपछि उनले सत्ता छा्ड्नुपरेको थियो ।
Powered by Blogger.
पाकिस्तानका पूर्वराष्ट्रपतिलाई वकिलले हाने जुत्ता
प्रकाशित मिति:
March 30, 2013