चैत्र ११ असंवैधानिक तवरबाट सरकार बनेको भन्दै त्यसको विरोधमा आन्दोलनरत् नेकपा-माओवादीसहितका ३३ दलले नेपाल बन्द सहित १० दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
माओवादी कार्यालय बुद्धनगरमा आज बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अनुसार १५ गते मुख्य शहरमा कोणसभा गर्ने, १६, १७ र १८ गते भिते लेखन तथा प्रचार प्रसार, १९ गते ठूला शहरमा विरोध सभा गर्ने र २० गते बिहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरवार र जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने छ ।
यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल ¥याली निकाल्ने, २२ गते कोणसभा र २५ गते नेपाल बन्द गर्ने ३३ दलले घोणा गरेका छन् । बैठकमा सरकारविद्ध आन्दोलनरत अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेस जनअधिकार फोरम भने अनुपस्थित थियो । संयुक्त आन्दोलन गर्ने भनेपछि पार्टीमा निर्णय भइनसकेकाले दुई दलका नेताहरु बैठकमा नगएको बताइएको छ।
Powered by Blogger.
माओवादीसहित ३३ दलको यस्तो छ नेपाल बन्दसहित १० दिने आन्दोलन
प्रकाशित मिति:
March 24, 2013