१० दिनका लागि कालीगण्डकी ए बन्द, लोडसेडिङ भने नबढ्ने
फागुन १८ - नेपालकै ठुलो आयोजना कालीगण्डकी ए आजदेखी १० दिनका लागि बन्द हुने भएको छ ।
विद्युत केन्द्र मर्मतका लागि उक्त आयोजना बन्द भए लोडसेडिङ नबढ्ने विद्युत् प्राधिकरणले जनाएको छ ।
विद्युत केन्द्रको सुरुङबाट टर्वाइनमा पानी लैजाने पाइपमा चुहावट भएपछि मर्मतका लागि उत्पादन नै ठप्प गर्नुपरेको विद्युत आयोजना केन्द्रले जननाएको छ ।
एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ए अहिले पानीको वहाव कम भएकोले ५० देखि ६० मेगावाट विजुली उत्पादन गर्दै आएको थियो ।
यसरी उक्त आयोजना बन्द हुन लागेपनि विद्युत प्राधिकरणले भने लोडसेडिङका मात्रा १२ घण्टा भन्दा नथपिने जनाएको छ ।
प्रकाशित मिति:
March 01, 2013