फागुन २१ – विवाद र असन्तुष्टिका बिचमै पनि प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको जिम्मेवारी सुम्पिन लागेका दलहरुबीच आन्तरिक तथा बाह्य थुप्रै विवाद रहँदारहँदै पनि उनीहरुले भने अनौठो खालको सम्झौता गरेका छन् ।
बाधा अड्चन फुकाउ, निर्वाचन प्रक्रिया प्रणाली, मतदाता नामावली लगायत थुप्रै कुरामा दलहरुबिच रहेको विवाद र प्रधानन्यायीशलाई नेतृत्व गर्न दिन नहुने भन्ने दलहरुभित्रैको विवादका विच शिर्ष नेताहरुले आज भने सहमति भएको २४ घण्टाभित्रै नयाँ प्रधानमन्त्री बनाउने तयारीको कुरा बाहिर आएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चार दलको बैठकले २२ गतेभित्र सहमति गर्ने र सहमति भएको २४ घण्टाभित्रै नयाँ प्रधानमन्त्री बनाउने उनीहरुले सहमति गरेका हुन् ।
यो विषय अहिले सर्वोच्चमा समेत विचारधिन अवस्थामा रहेको बेला दलहरुले भने फैसला अगावै नेतृत्व दिने तयारी थालेका छन् ।