कतारमा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइयो
चैत्र १२ - रोजगारीको सिलसिलामा कतारमा रहँदा हृदयघातका कारण ज्यान गुमाएका खोटाङ च्यानडाँडा २ का दिलिप भुजेलको शव नेपाल ल्याइएको छ ।
३ वर्षअघि कतार पुगेका भुजेलको गएको फागुन १९ गते राती सुतेकै ठाउँमा निधन भएको थियो ।
भुजेलको शव आइतबार काठमाडौ पठाइएको कतारबाट खोटाङ सेवा समाजका महासचिव नारायण बस्नेतको भनाई उधृत गर्दै उज्यालो नाइटी एफएमले समाचार प्रसारण गरेको छ ।
भुजेलको परिवारका लागि क्षतिपूर्तिको पहल भइरहेको महासचिव बस्नेतले जनाएका छन् ।
यस्तै कतारमा नै चैत ३ गते भवनको दशौं तलाबाट खसेर ज्यान गुमाएका खोटाङ टेम्मा ५ का प्रदीप बस्नेतको शव पनि नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ ।
प्रकाशित मिति:
March 25, 2013