केही समयअघि मात्रै ‘न्यूड फोटोशुट गराएर चर्चाको धमाका मच्चाएकी नायिका शर्लिन चोपडाले अहिले भने आफूलाई सेक्सको क्रान्तिकारी बताएपछि पुनः अरुको ध्यान तान्न सफल भइन् ।
मोडल तथा अभिनेत्री शर्लिन चोपडाले एक अन्तर्वार्तामा आफूलाई ‘सेक्स क्रान्तिकारी’ बताएपछि चर्चा बटुलेकी हुन् ।
शर्लिनले अन्तर्वार्तामा बोल्डनेसको बारेमा भनेकी छन्, ‘मेरा लागि बोल्ड हुनु भनेको आत्मविश्वास हो । बोल्ड हुनुको मतलब आफ्नो विचार र डिसिजनको प्रवाह गर्नु पनि हो । म आफ्नो डिसिजनमा जिउन चाहन्छु ।’ साथै शर्लिनले आफू खुशी ‘बोल्डनेस’ हुँदा आत्मविश्वासमा ‘क्रान्तिकारी छलाङ’ मारिने बताएकी छन् ।
‘प्लेब्वाय’ को कभर पेजका लागि ‘न्यूड’ तस्वीर खिचाउनु पहिले शर्लिनले भारतीय महिला हुनुको अनुभव बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘इतिहास बनाउनुको बेग्लै सुखद् अनुभव हुन्छ । प्लेब्वायका सदस्यहरूले मलाई आफ्नै तरिकाले सम्मान गरे । न्यूड फोटोशुट गरेर गलत निर्णय गरेजस्तो पनि मलाई लागेको छैन ।’