फागुन २८ – नेविसङ्घ, अनेरास्ववियू, नेकपा–माओवादी सम्बद्ध विद्यार्थी सङ्गठनलगायतले आज काठमाडौँउपत्यकाका सम्पूर्ण क्याम्पस अगाडि चक्काजाम गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तथा सार्वजनिक यातायातमा पछिल्लोपटक भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै सो चक्काजाम गरेका हुन् ।
विद्यार्थीहरूले बिहान ९ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् । विगत चार वर्षदेखि स्ववियूको निर्वाचन हुन सकेको छैन । त्यस्तै सरकारले गत बुधबार सार्वजनिक यातायातमा १० प्रतिशतसम्म मूल्य वृद्धि गरेको थियो ।
नेविसङ्घका प्रवक्ता यूपी लामिछानेले सरकारले गरेको मूल्यवृद्धि वैज्ञानिक नभएको र यसले चौतर्फी क्षेत्रमा मूल्यवृद्धिको असर पर्ने भएकाले अविलम्ब फिर्ता लिन माग गरे ।
उनले लामो समयदेखि हुन नसकेको स्ववियू निर्वाचनले विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा विद्यार्थीको हक अधिकारको लागि प्रतिनिधित्व हुन नसकेकाले दबाब दिन देशभर चक्काजामा गरेको बताए ।
Powered by Blogger.
मूल्यवृद्धिको विरोधमा सबै क्याम्पस अगाडी चक्काजाम
प्रकाशित मिति:
March 11, 2013