एमाओवादीको केन्द्रिय समिति बन्ने भयो ३ सय ९९ जनाको
चैत्र १२ - एकीकृत नेकपा माओवादीको आज बसेको केन्द्रिय समितिको बैठकले ३ सय ९९ सदस्य जनाको केन्द्रिय समिति विस्तार गर्ने निर्णय गरेको छ ।
केही महिना अगाडी हेटौंडामा सम्पन्न महाधिवेशनमा सानो केन्द्रिय समिति बनाउने निर्णय विपरित एमाओवादीले जम्बो केन्द्रिय समिति विस्तार गर्ने भएको हो ।
आजको बैठकले १ सय ५१ पूर्ण सदस्य र २ सये ४८ जना बैकल्पिक गरी ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय हो ।
माघ अन्तिम साता सम्पन्न हेटौंडा महाधिवेशनले २ अंक अर्थात ९९ भन्दा सानो केन्द्रिय समिति बनाउने म्याण्डेज दिए पनि आज बसेको केन्द्रिय समितिले जम्बो टोली निर्माण गर्न लागेको हो ।
प्रकाशित मिति:
March 25, 2013