कुर्सीको नजिकै रेग्मी
फागुन २८ – अन्तत दलहरुको प्रस्तावको भाषा समेत सच्याउँदै प्रधानन्यायाधीस खिलराज रेग्मीले प्रधानमन्त्री बनेरै छाड्ने बाटो अगालेका छन् ।
प्रधानन्यायाधीशलाई सुझावका लागि भन्दै दिइएको मस्यौदाको भाषामा उनले सकरात्मक तरिकाले सच्याएर राष्ट्रपतिलाई पठाएको बताइएको छ ।
सच्याइएको भाषामा उनले बाधा अड्काउ, फुकाउमा राजनीतिक संयन्त्र हटाउन माग गरेका छन् । सोही अनुसार दलहरुले संयन्त्र गठन नगर्ने भएपछि उनी कुर्सी नजिक पुगेका हुन् ।
दलहरुले सर्वोच्चको आदेश अगाडी नै उनलाई प्रधानमन्त्री बनाउने प्रयास गरिरहेका अवस्थामा रेग्मी पनि पूर्ण इजलासले फैसला सुनाउनुअघि नै शपथ खाने दिशातिर तीव्र गतिमा उन्मुख भएको स्रोतको दाबी छ ।
प्रकाशित मिति:
March 11, 2013