आफ्नै भाउजुको हत्या गर्ने देवर प्रहरी खोरमा (भिडियोसहित)
आफ्नै भाउजुको हत्यामा संलग्न देवर अनुसन्धानबाट दोषी ठहरिएपछि प्रहरी खोरमा पुग्न बाध्य भएका छन् ।
बिरामीको बहानामा अस्पताल ल्याइएकी ३५ वर्षीया ममता चौरसियाको हत्या भएको खुलेपछि हत्यामा संलग्न देवर प्रक्राउ परेका हुन् ।
गत बुधबार कान्तिपुर अस्पतालमा उपचारका लागि ल्याइएकी उनको मृत्यु भएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएपछि कालगतिले मृत्यु भएको भन्दै दाहसंस्कारका लागि उनका देवर सनत चौरसियाले शव मागेका थिए।
चिकित्सकले मृत्युको कारण पहिल्याउन ममताको पोष्टमार्टम गर्दा उनको घाँटीको भित्री हड्डी भाँचिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
घाँटीमा अधिक दबाब दिएपछि उनको मृत्यु भएको रिपोर्टमा उल्लेख भएपछि प्रहरीले सनतलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरायसी विवादमा घाँटी थिचेर मारेको स्वीकार गरेको प्रहरीले जनाएको छ । - २५ चैत्र

प्रकाशित मिति:
April 07, 2013