क्यानडाद्धारा जागिरको अफर (ग्रीनकार्डको सुवर्ण अवसर)
बैशाख ८ - क्यानडा सरकारले आगामी मई महिनादेखि पुनः संचालन गर्न लागेको दक्ष कामदार कोटाको लागि २४ वटा व्यवशायहरु छानेको छ भने एक बर्षमा ५,००० वटा मात्र नयाँ आवेदन लिने भएको छ । त्यसैगरी हरेक व्यवशायमा केबल ३०० वटा मात्र आवेदन लिनेसमेत जनाइएको छ ।
आज क्यानेडिएन अध्यागमन बिभागले जारी गरेको प्रेस विज्ञप्तीअनुसार दक्ष कामदारका लागि नयाँ आवेदन आगामी मई ४ तारिख देखि लिने भएको छ ।
नयाँ प्रणाली अन्तर्गत अनिवार्यरुपले क्यानेडिएन Credentials Evaluation Organization बाट शैक्षिक प्रमाणपत्रहरुलाई Equivalency गराउनु पर्ने र अंग्रेजी भाषाको ज्ञानमा भने IELTS (General Training) को हरेक विधामा कम्तीमा पनि ६ स्कोर (6 score) ल्याउनुपर्ने जरुरी छ । यद्यपी पास मार्क भने ६७ नै रहेका जनाइएको छ ।
“यसभन्दा अगाडीका सम्पूर्ण आवेदनहरुमा धेरै समय लागेपनि यस पटक भने एक बर्ष विभ्रै प्रोसेसिङ् गरिने छ”, क्यानेडिएन अध्यागमन मन्त्री जेसन केनीले बताए ।
मन्त्री केनीका अनुसार यस दक्ष जनशक्ति प्रणालीको छनौट प्रक्रिया बारेमा सम्पूर्ण विवरण मइ महिनाको ४ तारिखमा प्रकाशित गरिनेछ ।
उक्त २४ वटा व्यवशायीहरुको सूची निम्न बमोजिम रहेको छः
- 0211 – Engineering managers
- 1112 – Financial and investment analysts
- 2113 – Geoscientists and oceanographers
- 2131 – Civil engineers
- 2132 – Mechanical engineers
- 2134 – Chemical engineers
- 2143 – Mining engineers
- 2144 – Geological engineers
- 2145 – Petroleum engineers
- 2146 – Aerospace engineers
- 2147 – Computer engineers (except software engineers/designers)
- 2154 – Land surveyors
- 2174 – Computer programmers and interactive media developers
- 2243 – Industrial instrument technicians and mechanics
- 2263 – Inspectors in public and environmental health and occupational health and safety
- 3141 – Audiologists and speech-language pathologists
- 3142 – Physiotherapists
- 3143 – Occupational Therapists
- 3211 – Medical laboratory technologists
- 3212 – Medical laboratory technicians and pathologists’ assistants
- 3214 – Respiratory therapists, clinical perfusionists and cardiopulmonary technologists
- 3215 – Medical radiation technologists
- 3216 – Medical sonographers
- 3217 – Cardiology technicians and electrophysiological diagnostic technologists, n.e.c. (not elsewhere classified)
व्यवशायी सूचिको अलवा क्यानडाका ४ वटा संस्थाहरुले Education Credentials Evaluation का लागि छनौट गरेको छ, जुन निम्न बमोजिम रहेका छन्ः
प्रकाशित मिति:
April 21, 2013