प्रचण्डलाई लक्षित गरी बम राख्न खोज्ने चार जना पक्राउ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhSEKS06lxLQINOOIymgncvnop1jYwhDpStKNTijJXJBudIOagZp6XrRN-SZiW2yFm2TKhG9eUrs42ol5CWX5KcnMBt4g9YGK2OKzosaPc0zEp-k_advTyLzWUAbDJoxILy5ipuA_butRT8/s320/arrested.jpg)
नेपालगञ्ज गुलरिया सडखण्ड अन्तर्गत बर्दियाको मानखोला पुलमा आइतबार राती २ बजे बाल्टिन बम लिएर गइरहेका चार जनालाई बम र हतियारसहित प्रहरीले पक्राउ हो ।
सोमवार दिउसो प्रचण्ड बर्दिया आउने कार्यक्रम रहेकाले उनीहरुले प्रचण्डलाई लक्षित गरि बम राख्ने तयारी गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर, त्यसको पुष्टि भने भएको छैन । प्रहरीले उनीहरुका सम्बन्धमा अनुसन्धान भईरहेको बताएको छ ।
पक्राउपर्नेमा बर्दिया कालिका १ बोगटीयाका बिर्खवहादुर थापा र हरिवहाखुर सुनार, तथा सोरहवा ५ का कल्लु थारु र दलवहादुर गन्धर्ब रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ५ किलोको बाल्टिन बम, एउटा कटुवा पेस्तोल र २ वटा गोली बरामद भएको छ । उनीहरुको साथबाट नेकपा माओवादी क्रान्तिकारी लेखिएको परिचय पत्र र कागजपत्र भेटिएको प्रहरीले सोमबार दिउँसो उनीहरुलाई सार्वजनिक गर्दै जनाएको छ ।
प्रकाशित मिति:
April 22, 2013