मधुमेहबाट बच्न योग चिकित्सा
डा. क्षितिज बराकोटी
शरीरमा सड्ढलित ग्लुकोज (चिनी) उपयोगमा आउन नसक्नु नै मधुमेह हुनु हो । यसमा शरीरमा भएको चिनीको मात्रा ऊर्जाको रूपमा परिवर्तन हुन सक्दैन र सोझै रगतमा जम्मा हुन्छ । अनि रगतमा ग्लुकोजको मात्रा बढ्न गई पिसाबबाट समेत बाहिरिन्छ । यो रोग अन्तःस्रावी ग्रन्थिजन्य रोग हो, जसमा प्यान्क्रियाज र इन्सुलिन नामक हर्मोनको कमी–कमजोरीले भूमिका खेलेको हुन्छ । जुनसुकै उमेरका महिला वा पुरुषलाई यो रोग हुन सक्छ तापनि बढी मात्रामा भने वयष्कलाई हुने गर्छ । सहरीकरण, खानपान, कामकाज र जीवनशैलीमा आएको परिवर्तनले गर्दा यो समस्याबाट पीडित हुनेहरू धेरै बढिरहेका छन् ।
एलोपेथी औषधि चिकित्सा पद्धतिमा मधुमेहीलाई दुई भागमा वर्गीकरण गरिएको छ । पहिलो– इन्सुलिनमा निर्भर रहनुपर्ने मधुमेह र दोस्रो– इन्सुलिन नभए पनि हुने मधुमेह । इन्सुलिन लिनुपर्ने पहिलो प्रकारका मधुमेही प्रायः कम उमेरका, दुब्ला–पातला र कमजोर हुन्छन् । बढी पिसाब लाग्ने र धेरै तिर्खा लाग्ने समस्याले यिनीहरूलाई सताएको हुन्छ । दोस्रो प्रकारको मधुमेह विशेष गरी उमेर ढल्केका, वयष्क एवम् प्रौढलाई हुने गर्छ । यसमा इन्सुलिनको आवश्यकता हुँदैन । यस्तो प्रकारका मधुमेही प्रायः मोटाघाटा र बढी तौलका हुन्छन् । यसमा भोक, प्यास आदि लक्षणहरू त्यति बढी हुँदैनन् ।
मधुमेहका लक्षण
पिसाब बढी मात्रामा र बारम्बार लागिरहने, मुख सुक्ने, तिर्खा बढी लाग्ने, भोक छिटो र बढी लाग्ने आदि मधुमेहका प्रमुख लक्षण हुन् । यसरी नै हातगोडा र जीउ गल्ने, काम नगरे पनि शिथिल हुने, शरीरमा आलस्य र कमजोरी बढ्ने, घाउ–चोट लागेमा छिटो ठीक नहुने, जीउ चिलाउने, छाला सुक्खा हुनेलगायत तौल घट्ने, यौन दुर्बलता हुनेजस्ता लक्षणहरू पनि देखा पर्छन् । मधुमेहमा एक्कासी चिनीको मात्रा बढी वा कम भएमा रिड्डटा लाग्ने, चक्कर आउने र बेहोस हुने समस्या पनि आइपर्न सक्छ । यसबाहेक मधुमेहका कारण कुनै अंगमा असर परेमा थप लक्षण पनि देखिन्छ । मृगौला, आँखा, मस्तिष्क, मुटु, रक्तनली आदि अंगसँग सम्बन्धित घातक समस्या आई जटिल लक्षण पनि देखा पर्न सक्छ ।
मधुमेहको कारण र जटिलता
प्यान्क्रियाज (अग्न्यासय) भित्र रहेका विशेष जीवकोषहरूको समूहबाट निस्केको इन्सुलिन नामक हर्मोनको कमी–कमजोरी एवम् अन्तर्दहनसम्बन्धी गडबडी आदिले गर्दा मधुमेह हुन सक्छ । यस्तो हुनुमा जीवनशैलीको गडबडी पहिलो कारण हो । शरीरलाई चाहिनेभन्दा बढी खाना खानु, एक खाना नपच्दै अर्को खाइहाल्नु, बारम्बार गरिष्ठ एवम् अप्राकृतिक खानपान गर्नु, शारीरिक श्रम वा व्यायामको कमी हुनु, खाने–सुत्ने लगायतका असन्तुलित दिनचर्या–रात्रिचर्या अपनाउनु, मानसिक तनावले ग्रस्त हुनुजस्ता कारणले यो समस्या व्यापक बन्दै गैरहेको छ । यसरी नै अग्न्यासयसम्बन्धी पुरानो रोग, इन्डोक्राइन ग्ल्यान्ड एवम् हर्मोनजन्य समस्याहरू, बढी मोटोपना, कुनै–कुनै औषधि (कार्टिकास्टेराइड, ओरल कन्ट्रासेप्टिभ्स आदि औषधिको दीर्घकालीन प्रयोग) का कारण हुने पाश्र्वप्रभाव, कुपोषणबाट अग्न्यासयमा उत्पन्न हुने समस्या, कुनै अरु संक्रमणको असर आदिले पनि मधुमेह हुन्छ । आनुवांशिक रूपले मधुमेह हुने पनि एक प्रमुख कारण हो ।
उचित किसिमले समयमै मधुमेहको व्यवस्थापन नभएमा शरीरमा अनेक घातक एवम् जटिल समस्या आउन सक्छ । रक्तनली कडा र साँघुरो हुने, आँखाको पर्दामा रक्तस्राव भई अन्धो हुने, मस्तिष्कमा रक्तस्राव हुने, पक्षघात हुने, मृगौला बिग्रने, ह्दयघात एवम् मुटुका अन्य समस्या हुने, मेरुदण्ड र सुषुम्नालगायत अन्य भागमा समेत विभिन्न रोग लाग्ने र बेसमयमै मृत्यु हुनेजस्ता घातक समस्या मधुमेहका बिरामीमा देखा पर्न सक्छ ।
मधुमेहको निदान र योग चिकित्सा
खाली पेटमा र खाना खाएको २ घन्टापछि रक्त–ग्लुकोज र हेमोग्लोबिनको परीक्षण गर्नेलगायत अन्य ल्याब–टेस्टबाट मधुमेह भए⁄नभएको थाहा पाउन सकिन्छ । यसबाहेक निदानका अन्य आधुनिक तथा परम्परागत विधिहरू पनि प्रयोग गर्न सकिन्छ ।
यो समस्यालाई निको नहुने रोगअन्तर्गत मानिए पनि उचित उपचार, खानपानमा सुधार, जीवनशैलीको व्यवस्थापन आदिबाट राम्ररी नियन्त्रणमा राख्न सकिन्छ । कसै–कसैलाई प्राकृतिक चिकित्सा र योगोपचारबाट औषधि खान नपर्ने गरी निको भएको पनि छ । नियमित योगाभ्यास गर्नेहरूलाई न्यून मात्राको औषधि वा विनाऔषधिले पनि मधुमेह नियन्त्रण भएको पाइएको छ । त्यसैले मधुमेहको व्यवस्थापनमा योग चिकित्सा निकै उपयोगी छ । कुन आसन कति पटक र कति समय गर्ने भन्ने कुरा बिरामीअनुसार फरक पर्न सक्ने हुँदा योगविज्ञको पूर्वसल्लाह अनिवार्य हुन्छ ।
सूक्ष्म व्यायामहरू
उमेर र तौल बढी भएका तथा व्यायाम⁄आसनको बानी नभएका व्यक्तिले सरल–सूक्ष्म व्यायामको अभ्यासपछि मात्र अरु अभ्यास गर्नुपर्छ । सुरुमा मधुमेहीले योगचिकित्सक वा प्रशिक्षकसँगै प्रत्यक्षरूपमा सिक्नु उत्तम हुन्छ । यस्ता सूक्ष्म व्यायाम अनेक हुन्छन् । ती मध्ये यहाँ खुट्टादेखि टाउकोसम्मका अंग–व्यायामहरूको उल्लेख गरिन्छ ।
खुट्टाका व्यायामहरू (बसेर गोडा खुम्च्याउने, पैmलाउने, पञ्जा घुमाउने आदि), कम्मर–ढाडका व्यायामहरू (सुतेर मेरुदण्डासनका रूपमा वा उठेर कम्मर घुमाउने), छातीका व्यायामहरू (हातलाई छातीको अगाडिबाट छाती तन्काउँदै दायाँ–बायाँ लैजाने, छातीमा श्वास भर्ने⁄छोड्ने), कुमका व्यायामहरू (काँधलाई तल–माथि उचाल्ने, कुमको जोर्नी घुमाउने आदि), हातका व्यायामहरू (पञ्जा घुमाउने, खुम्च्याउने–पैmलाउने, तल–माथि, दायाँ–बायाँ गर्ने र टाउकोका व्यायामहरू (टाउको तल–माथि, दायाँ–बायाँ, साइडमा हेर्ने–घुमाउने) जस्ता सरल व्यायामहरू नियमित छ–१० पटक गर्नुहोस् ।
आसनहरू
मधुमेहमा सूर्य नमस्कार, पाद सञ्चालन, नौकासन, पवनमुक्तासन, अर्धहलासन, भुजंगासन, नाभ्यासन, धनुरासन, अर्धमत्स्येन्द्रासन, मण्डूकासन, सशंकासन, बालासन आदिले फाइदा गर्छ । त्यसैले यहाँ केही आसनबारे जानकारी दिइन्छ ।
पवनमुक्तासन
एकपाद पवनमुक्तासन विधिः उत्तानो सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दाहिने खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर खुट्टा समात्ने र टाउको उठाएर घुँडामा चिउँडोले छुने गर्नुहोस् । केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात, टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुस् । यसरी नै आठ–दश पटक गर्नुहोस् ।
द्वीपाद पवनमुक्तासन (विधि)ः उत्तानो सुतेर दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दुवै खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर दुवै हातले दुवै खुट्टा समात्ने र टाउको उठाएर दुवै घुँडाको बीचमा चिउँडोलाई छुवाएर छ–७ मिनेटसम्म केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात र टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुहोस् । यसरी नै आठ–दश पटकसम्म अभ्यास गर्नुहोस् । तर यो आसन बढी कम्मर दुख्दा, कलेजो सुन्निएको अवस्था तथा महिलाहरूले गर्भावस्थामा र महिनावारी हुँदा गर्नुहुँदैन ।
नौकासन
विधिः उत्तानो सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस्, हातलाई टाउकोसँगै वा हात बाँधेर छातीमा वा शरीरको दायाँ–बायाँ कम्मरसँगै कुनै एक किसिमले राख्नुहोस् । अब श्वास लिँदै कम्मरको बलले दुवै खुट्टा, दुवै हात, टाउको र ढाडको माथिल्लो भाग, पिठइलाई समेत माथि उठाउनुहोस् । शरीरको तल्लो र माथिल्लो भाग बराबर, केही मात्रामा उठाएर छ–७ सेकेन्ड रोक्नुहोस् र श्वास छोड्दै तल राख्नुहोस् । यसरी नै ८–१० पटक अभ्यास गर्नहोस् । तर ढाड–कम्मर बढी दुख्ने समस्या भएका व्यक्तिले नौकासन गर्नुहुँदैन ।
धनुरासन र शरीर सञ्चालन
सरल विधिः घोप्टो सुती दुवै खुट्टा खुम्च्याउनुहोस् । दुवै घुँडालाई जोड्नुहोस् ( खुट्टालाई केही फरक राखेर पनि गर्न सकिन्छ ।) अब दुवै हातले खुट्टामा गोलीगाँठोनिर च्याप्प समात्नुहोस् । यस बेला चिउँडोले भुइँमा टेक्नुपर्छ । अब श्वास लिँदै, हातले बल गर्दै खुट्टालाई तान्ने, पेटको बलले छाती, टाउको र खुट्टालाई समेत माथि उठाउँदै धनुषले वाण हान्दा तन्काउन लागेजस्तै अवस्थामा छ–७ सेकेन्डसम्म श्वास रोकेर अडिनुहोस् । केही बेरपछि बिस्तारै श्वास छोड्दै छाती, ढाड र खुट्टालाई भुइँमा राखी चिउँडोले भुइँमा टेक्नुहोस् । यसरी नै १०–१छ पटकसम्म अभ्यास गर्नुहोस् । धनुरासनमा अभ्यस्त भई सहज भइसकेपछि धनुरासनमा शरीर सञ्चालन अभ्यास गर्न पनि सकिन्छ । यसका लागि धनुरासनमा रही श्वास रोकी तन्काएर हातले खुट्टा समातेकै अवस्थामा पेटको बलले शरीरलाई टाउको, छाती र तिघ्राको भाग पिङझैं चलाएर हल्लाउनुपर्छ । चार–पाँच पटक यसरी हल्लाएपछि रोक्नुपर्छ ।
सावधानीः गर्भावस्था, महिनावारी, पाठेघर सरेको अवस्थामा महिलाले भुजड्डासन र धनुरासन नगर्नुहोस् । हर्निया, रिंगटा र कमजोरी, छाती दुखाइ, कडा खालको मुटुका रोग भएका व्यक्तिले पनि नगर्नुहोस् । यी आसनहरूले सुरु–सुरुमा पेटको मासु दुख्ने, कम्मर⁄ढाड दुख्ने हुन सक्छ । पहिल्यैदेखि कम्मर–ढाड दुख्ने, साइटिका हुने, गर्धन दुख्नेहरूले यो गर्नुहुँदैन । बढी उच्च रक्तचाप र मोटोपना भएकाहरूले सुरुमै धनुरासन गर्नुहुँदैन ।
अर्धमत्स्येन्द्रासन
विधिः दुवै खुट्टा अगाडि लगी सोझो पार्नुहोस् । दुवै हात भुइँमा टेक्नुहोस् । अब देब्रे खुट्टालाई भुइँमा राखेर खुम्च्याउनुहोस् र देब्रे खुट्टाको माथि पर्ने गरी दाहिने खुट्टा खुम्च्याउनुस् । दाहिने खुट्टाको घुँडालाई माथि उठाउनुपर्छ भने सोही खुट्टाको पैतालाले भुइँमा टेकेको हुनुपर्छ । अब देबे्र हातलाई दाहिने खुट्टाको छेउमै टाँसेर तन्काउँदै राख्नुहोस् र उक्त देब्रे हातले दाहिने खुट्टाको बूढीऔंलामा समात्नुहोस् । यसरी खुट्टाको औंलालाई समातिराखेर बसेको अवस्थामा दाहिनेतिर आफ्नो टाउको मोड्ने र सक्दो पछाडि हेर्ने तथा दाहिने हातलाई पछाडि लगी हत्केलाको भाग बाहिर पर्ने गरी हातलाई राख्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केही बेर बसिरहनुहोस् । सुरुमा एक मिनेट जति बसिरहे पनि पछि यस आसनमा १०⁄१छ मिनेट जति बस्न सकिन्छ । अब केही बेर यसरी गरेपछि अर्कोतिरबाट पनि गर्नुहोस् । यसरी नै चार–पाँच पटकसम्म दायाँ–बायाँतर्फबाट पालैपालो केही मिनेटसम्म यो अभ्यास गर्नुहोस् ।
सावधानीः सुरु–सुरुमा शरीर लचिलो नहुँदा पेट ठूलो छ भने वा अभ्यासको क्रममा बानी नहुँदा खुट्टाको बूढीऔंला समात्न नसकिने हुन्छ, त्यसैले छुने प्रयास मात्र गर्नुपर्दछ । गर्भावस्थाको सुरुका महिनामा दुई–तीन महिनासम्म यो गर्न हुन्छ तर पछि गर्नुहुँदैन ।
शोधनकर्म वा षट्कर्म
षट्कर्मका विभिन्न विधिहरूले मधुमेह कम गर्छ । तीमध्ये केही शोधनकर्मको जानकारी यहाँ दिइएको छ ।
वस्तिः मधुमेहमा प्रायः कब्जियत पनि हुने हुँदा वस्तिको प्रयोग उपयोगी छ । वस्तिको सुधारिएको आधुनिक सहज रूप एनिमाको प्रयोग हो, जसमा प्रशिक्षित व्यक्तिको सहयोगले एनिमा पटको माध्यमले उमालेर सेलाएको मनतातो स्वच्छ पानी पेटभित्र पठाई पेट सफा गरिन्छ । यो प्रयोग योग तथा प्राकृतिक चिकित्सालयमै गएर गर्नु उचित हुन्छ । मधुमेहका लागि उपयोगी हुने अन्य शोधन विधिमा नौली (उभिएर दुवै खुट्टा फरक राखी, दुवै हात तिघ्रामा राखी श्वास छोडेर पेट भित्र तान्दै हत्केलाले तिघ्रादेखि घुँडातिरको खुट्टाको भागमा दबाब दिँदै पेटको मांसपेशी चलाउने विशेष विधि), कपालभाँति (पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एक आसनमा बसी आँखा चिम्लने, पेटलाई भित्र तान्दै झड्का दिएर मुख बन्द गरी लयबद्धरूपमा एक सेकेन्डमा एकदेखि दुई पटकसम्म नाकबाट श्वास बाहिर छोड्ने), अग्निसार क्रिया (उभिएर, दुवै खुट्टा थोरै खुम्च्याई, श्वास छोडेर पेट–छातीको हावा निकाल्दै श्वास रोकी केही मात्रामा निहुँरिएर पेटलाई तीव्रगतिमा भित्र–बाहिर गर्दै हल्लाउने विधि) मधुमेहमा अति नै उपयोगी छन् । महिनावारीको समयमा, छाती–पेट दुखेको अवस्थामा यी शोधनकर्महरू गर्नु ठीक हुँदैन ।
अन्य यौगिक क्रिया र आहार
मधुमेहको समस्यामा यहाँ उल्लेख भएबाहेकका अनेकौं यौगिक सूक्ष्म तथा स्थुल व्यायाम तथा आसनहरूको पनि अभ्यास गर्न सकिन्छ । त्रिबन्ध पनि उपयोगी छ । यसरी नै मधुमेहका साथमा आउने तनावजस्ता मानसिक समस्याहरू हटाउन प्राणायाम, ध्यानजस्ता योग विधिको आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।
मधुमेहका बिरामीले यौगिक सात्विक भोजन तथा मिताहार प्रयोग गर्नुपर्छ । सात्विक खाना भनेको ताजा, शरीर र मनमा हानि नगर्ने, बढी चिल्लो–पीरो–मसला आदि नभएको, शाकाहारी तथा ठिक्क मात्राको खाना हो । मिताहार भनेको शरीरको आवश्यकताभन्दा बढी नगरी सन्तुलित रूपले कम खानु हो । त्यसैले सागपात तथा अन्य ताजा तरकारी, हरियो सलाद, अंकुरित काँचो गेडागुडी, चोकरसहितको रोटी, च्याँख्लाको प्रयोग गर्नु उचित हुन्छ । सात्विक खानाको छनोट गर्दा कार्बोहाइड्रेट कम भएको खाना प्रयोग गर्नुपर्छ । - स्रोत: साधना

प्रकाशित मिति:
April 24, 2013