मलेसिया प्रकरणः नेपाली कारदार रिहा
चैत २४ - मलेसियामा नेपालीमाथि भएको आक्रमणपछि त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको ९ नेपालीलाई छाडिदिएको छ ।
मलेसियाको जोहोरबारुको घटनापछि मलेसियन प्रहरीले आफ्नो नियन्त्रणमा लिएका नौ जना नेपाली कामदारलाई रिहा गरेको हो ।
शुक्रबार राति अबेर उनीहरूलाई रिहा गरिएको नेपाली दूतावासले जानकारी दिएको छ । केही दिन अगाडि घटेको सो घटनामा नेपाली कामदारहरूको कुनै पनि संलग्नता नदेखिएको भन्दै रिहा गरिएको हो ।
यसरी रिहा हुनेहरूमा राजेश राय यादव, रमेशबहादुर भुजेल, सन्तोष पौडेल, अमन गुप्ता, दलबहादुर बयम्वु, नीलकण्ठ जैसी, पवन शाह, रगुन राई र मनोज सुनार रहेका छन् ।
जोहारबारु घटनामा परी घाइते भए पनि उनीहरूलाई उपचारपछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति:
April 06, 2013