संस्थाको नाममा पार्टीको पर्चा र पम्प्लेटसहित प्रचार गर्दा झण्डै कुटाई खाए अध्यक्ष महतोले
चैत्र २१ – एक संस्थाको नाममा पार्टीको पर्चा र पम्प्लेट बनाउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झण्डै कुटाई खाएका छन् ।
सुनसरीको बोक्राह बजारको अकाहमा नेपाल झाँगड सुधार संस्थाका कार्यकर्ताले चुनावी अभियानको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका उनलाई कालो झण्डा देखाउँदै विरोध गरे ।
उक्त संस्थाका कार्यकर्ताले पर्चा र पम्प्लेटमा आफ्नो संस्थाले नाम समेत छापेर प्रचार(प्रसार गरेर आफ्नो विशुद्ध संस्थालाई पार्टीले नाम बेच्न लागेको भन्दै विरोध जनाएका हुन् ।
त्यसरी संस्थाको नाम र प्रचार महतोले प्रयोग गरेपछि उनका विरुद्ध नाराबाजी समेत भएको थियो । तर त्यहाँ बाक्लो प्रहरीको उपस्थितिले कुनै घटना भने घट्न पाएन ।
प्रकाशित मिति:
April 03, 2013