सरसफाइका लागि कमान्डो परिचालन
बैशाख १५ । भक्तपुरलाई सन २०१३ भित्र खुला दिसामुक्त जिल्ला बनाउन यहाँका १६ गाविस र दुई नगरपालिकामा दुई/दुईजना सरसफाइ कमान्डो परिचालन गरिएको छ ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना तथा यूएन ह्याबिटाड र सोया संस्थाको सहयोगमा ६० जनालाई एकसातासम्म सरसफाइ तालिम दिएर सरसफाइ कमान्डोका रूपमा परिचालन गरिएको सोयाका अध्यक्ष पहलमान श्रेष्ठले जानकारी दिए ।
ती कमान्डोहरुले जिल्लालाई खुला दिसामुक्त बनाउने र सरसफाइलाई नियमित राख्न विभित्र नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइएको छ ।

प्रकाशित मिति:
April 28, 2013