१६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेहरु पाँच जना पक्राउ
बैशाख १५, रासस । काभ्रेको मेथिनकोटमा भएको सामूहिक बलात्कार घटनाका पाँच अभियुक्त पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा काभ्रेको सिपाली गाविस– ३ का ५४ वर्षीय शङ्खमान मोक्तान, मेथिनकोट– ९ का २५ वर्षीय कालुमान भन्ने पञ्चबहादुर स्यांतान तामाङ, शिखरआम्वोटे– ८ का २२ वर्षीय कमल विक, मेथिनकोट– ९ कै १८ वर्षीय रामबहादुर तामाङ र सिपाली चिलाउने– ३ का इन्द्र भन्ने आकाश तामाङ रहेका छन् ।
अभियुक्तले आफूहरु सो घटनामा संलग्न भएको स्वीकार गरिसकेको जिप्रका काभ्रेका प्रहरी उपरीक्षक कमलबहादुर घर्तीले बताउनुभयो ।
सो घटनामा संलग्न अन्य एकजना सरकारी कर्मचारी ४० वर्षीया जानुका थापालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।
गत चैत १३ गते पानी खाने वहानामा १६ वर्षीया किशोरीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । बलात्कार गरेपछि उनीहरुले केही नगद र सामानसमेत लुटेका थिए ।
उनीहरुलाई डाँका, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा चलाइने प्रहरी उपरीक्षक घर्तीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार विसं ०६९ साउनदेखि ०७० को वैशाख १५ गतेसम्म बलात्कारका १५ वटा घटनामा १३ जना अभियुक्तलाई पक्राउ गरिएको छ र सो घटनामा अन्य दुई जना फरार रहेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय काभे्रले सो घटनामा सफलता प्राप्त गरेको भन्दै आज प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर चन्द, प्रहरी सहायक निरीक्षक होमनाथ भट्टराई, प्रहरी जवान विनोद थापा र प्रहरी जवान ठूलोबाबु खड्कालाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति:
April 28, 2013