प्रचण्ड आज भारत जाँदै, तालिका र टोलिसहित
बैशाख १४ । केही समय अगाडी मात्रै चीन भ्रमण गरेर फर्किएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोलि आज भारत भ्रमणमा जाँदैछ ।
उक्त टोलि आजल सवा ४ बजे जेट एयरको जहाजबाट त्यसतर्फ जान लागेको हो ।
भ्रमण दलमा एमाओवादीका नेता कृष्णबहादुर महरा, पत्नी सीता दाहाल र सहयोगी खकुरेल सहभागी हुने बताइएको छ ।
भ्रमणका क्रममा उक्त टोलिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डा मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेत्री सुस्मा स्वराज, काँग्रेस संयुक्त प्रगतिशील गठबन्धन (युपिए)का अध्यक्ष सोनिया गान्धी तथा उद्योगी–व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणकै क्रममा उनले भारतको विशेष आर्थिक क्षेत्र तथा जलविद्युत् परियोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यही वैशाख १ देखि ७ गतेसम्म चीनको भ्रमण गरेका अध्यक्ष प्रचण्डको यो तेस्रो भारत भ्रमण हो ।
प्रचण्डको यो पटकको भ्रमणलाई भारतसँग सम्बन्ध सुधारका लागि एउटा अवसर भनेर समेत भनिएको छ । तर, बेला बखत कहिले दाया त कहिले बायाँ दिशा समेत हिड्ने भएकाले उनलाई तत्कालै विश्वास गर्ला नै भारतले भनेर चाँही भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति:
April 27, 2013