एउटै किसानका मौरीका ७१ घार,स्वदेशमै लाखौँ आम्दानी
तानसेन, १९ चैत । मौरीपालन व्यवसायबाट पाल्पाका किसानले लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।
पाल्पा जिल्लाको कञ्चल गाविस–२, ओखलढुङ्गाका नरबहादुर बुचा मगरले मह बेचेर नै लाखौँ रकम आम्दानी गर्न सफल भएका हुन् । स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने नमुना बनेका ५० वर्षीय बुचा मगरको बारीका कान्लामा मौरीका ७१ काठका पुराना घार रहेका छन् ।
उनी मौरीका ७१ घारबाट वार्षिक रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्न सफल बनेका हुन् । करिब २५ वर्षदेखिको प्रयासले अहिले मौरीपालन व्यवसाय गर्न सफल किसान बन्न बुचा पुगेका हुन् ।
‘बनमा फलफूल फुल्न थालेपछि मौरीले महका चाका बनाउन थाल्छन्, यही याममा मह निकाल्दा राम्रो हुन्छ’ बुचाको कथन छ । व्यवसायिकरूपमा मौरीपालन व्यवसाय गर्न थालेका बुचाका रुखका बोटमा मौरीका घार अडाएका छन् ।
धेरै मिहनेत गर्न नपर्ने मौरीपालन व्यवसायमा आर्थिक लगानी पनि कमै गरे पुग्छ । बुचाले मौरीको घारबाट वर्षमा तीन पटकसम्म मह निकाल्ने गरेका छन् ।
मह बेचेर नौ जनाको परिवार पालेको बुचा मगरले बताए । बजारमा महको प्रतिकिलो ४०० देखि ६०० सम्म मूल्य पाउने गरेको बुचाको भनाइ छ ।
जिल्लाको हार्थोक, छहरा, रूपन्देही, नवलपरासी जिल्लामा पनि उनले उत्पादन गरेको महले बजार पाएको छ । महको सेवनले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले महको सेवन गर्न रुचाउँछन् ।
मह औषधिको रूपमा समेत प्रयोग हुने गर्छ । मह सेवन गर्दा दम, रुघा, खोकी, ढाड दुखेको सन्चो हुने स्वास्थ्यका विज्ञको भनाइ छ । यसका साथ धार्मिक दृष्टिकोणले समेत मह विवाह पूजालगायतमा यसको प्रयोग हुने गरेको पाइन्छ ।
आधुिनक तरिकाबाट मौरी पाल्न पाए अझै बढी राम्रो आम्दानी हुने बताउने बुचा कृषि सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालयबाट अहिलेसम्म तालिम नपाएको गुनासो गर्दछन् ।
बुचाले उत्पादन गरेको महमा कुनै मिसावट नहुने भएकाले महले बजार पाउने गरेको छहरा–५ अम्लाबाँसका भुवन रायमाझीले बताउनुभयो । नरबहादुरलगायतका कञ्चल, बल्डेङगढी, जुठापौवा, सत्यवतीलगायतका गाविसका २०० भन्दा बढी किसानले मौरीपालन गरेर परिवारको जीविकोपार्जन गर्छन् । यसबाट लाखौँ रकम आम्दानी हुने गरेपछि यहाँका किसान विदेश जान छाडेका छन् । रासस

प्रकाशित मिति:
April 01, 2013