चितवनमा कण्डम र यौन खेलौनाको माग बढ्यो
चितवन, ३ बैशाख - चेतनाको वृद्धिसँगै चितवनमा कण्डम तथा यौन खेलौनाको माग बढेको छ ।
गएको वर्षभन्दा अहिले २५ प्रतिशतले यस्ता सामग्रीको माग बढेको चितवन कण्डम हाउसका सञ्चालक तुलसी रिमालको भनाई छ ।
पछिल्लो समयमा असुरक्षित यौन सम्पर्ककै कारण एचआइभी सङ्क्रमण र यौनरोगको दर बढेकाले सर्वसाधारण सचेत देखिँदै आएका छन् ।
यहाँबाट ४० प्रकारका कण्डम मात्रै बिक्री हुन्छ भने महिला र पुरुषले प्रयोग गर्ने यौन खेलौना तथा अन्य सामग्री पाइने रिमालले जानकारी दिए ।
पछिल्लो तथ्याङ्कलाई मूल्याङ्कन गर्दा यहाँबाट मासिक एक लाख कण्डमको बिक्री हुने गरेको सञ्चालक रिमाल बताउछन् ।
प्रकाशित मिति:
April 16, 2013