१९ हजारसहित क्यासिनोबाट दुई जना पक्राउ
बैशाख ३ - बाँकेमा प्रहरीले १९ हजारसहित दुई जनालाई क्यासिनोबाट पक्राउ गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjC9zC4IfNrTXLxGzl2YSQq-pDTQ0V1LwJlZa2s7Qy8sTwWTYAEOxlmDF7b5FPJ_ngp8Hd9zKnXjk9j6hiByrYMM0K-xnc-oMM8r2n7MAkfLe9MahVkqUlWXJ0AwXg3biOxd1PmpBQRdnoh/s320/arrested.jpg)
कारकादो—७ स्थित होटल किचन हटमा सञ्चालित मिनी क्यासिनोमा सोमबार साँझ प्रहरीले छापामारी दुई नेपाली जुवाडेलाई पक्राउ गरेको हो ।
सो क्यासिनोमा नेपालीलाई समेत प्रवेश दिने गरिएको सूचनाका आधारमा भएको कारबाहीमा नेपालगन्जका प्रदीप गुप्ता र सुवेल अन्सारीलाई जुवा खेलिरहेको अवस्थामा नगद रु १९ हजारसहित पक्राउ गरिएको हो ।
पक्राउ आरोपी तथा क्यासिनो सञ्चालकमाथि कानुनबमोजिम कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
April 16, 2013