सडक अवरुद्ध गर्ने ११ जना पक्राउ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgx5a4e8UOUYxmmkG-EwVlDD4Yzqxfj6fLMQZ9P5gxTzBHsXZEOYF5UGlvR_gcM_pseK72Bjo7Bc_mDmNol_q5CsmflYN9wpNztaPG-eanjvPpl27njPglFmXRcXJge8Vk5eR3N86okIWny/s320/arrested.jpg)
वाडभञ्ज्याङ क्षेत्रमा वातावरण प्रदूषण हुने गरी पिच प्लान्ट उद्योग सञ्चालन गर्न लागिएको विरोधमा त्यहाँका स्थानीयवासीले बिहान ८ देखि १० बजेसम्म चक्काजामको घोषणा गरेका थिए ।
बिहान ८ बजेबाट यातायातसेवा अवरुद्ध हुने गरी सडक बन्द गर्न आएका स्थानीयवासी र प्रहरीबीच केही समय झडप भएको थियो ।
झडपपछि वातावरण सङ्घर्ष समितिका संयोजक श्रवण सुवेदीसहित ११ जनालाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग, थानकोटमा राखिएको छ ।
सडक अवरुद्ध भएका कारण काठमाडौँ भित्रने र बाहिरिने धेरै यातायात साधन रोकिन पुगेका छन् । स्थानीयवासीको विरोध रहँदारहँदै पनि पिच प्लान्ट उद्योग सञ्चालनमा ल्याउन थालिएका कारण चक्काजाम गरिएको सङ्घर्ष समितिका संयोजक श्रवण सुवेदीले जनाए । रासस
प्रकाशित मिति:
April 22, 2013