• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » न्युजिल्यान्डका नागरिक लुटिए, हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगियो
न्युजिल्यान्डका नागरिक लुटिए, हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगियो

बैशाख १ रासस - सोलुखुम्बुको गुदेलमा एक पर्यटकमाथि कुटपिट गर्नुका साथै निजको साथमा रहेको विभित्र सामग्री लुटिएको छ ।

लुक्लाबाट सङ्खुवासभाको तुम्लिङटार हिँडेका न्युजिल्यान्डका ती नागरिक बाटो नचिनेर जङ्गलमा पुगेको बेला लुटिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार शुक्रबार लुटिएका पर्यटकलाई आज हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ ।

लुटेराहरूले पर्यटकमाथि कुटपिट गर्नुको साथै उनको साथमा रहेको निकोन क्यामरा, स्लिपिङ ब्याग, ज्याकेट, दुई हजार ५०० नगद र एक हजार ५०० डलरबराबरको सामान लुटेका छन् । पर्यटकको टाउकामा गम्भीर चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी आज हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

लुटेराको व्यापक खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: April 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |