बैशाख १ - अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै संविधानसभाको निर्वाचन असारमा भने गर्न नसकिने स्पष्ट पारेका छन् ।
नववर्ष २०७० आरम्भमा रेग्मीद्धारा जारी शुभकामना सन्देशमा असारमा चुनाव हुन नसक्ने र मंसिरमा गराएर छाड्ने प्रतिवद्धता जाएर गरिएको छ ।
उक्त शुभकामना सन्देशमा 'वर्तमान अवस्थामा आवश्यक तयारी पूरा गरी संविधानतः २०७० साल मंसिरभित्र सम्पन्न गरिनुपर्ने संविधानसभाको निर्वाचन सफल पार्न स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सक्रिय सहयोग र साथ रहनेछ भन्ने अपेक्षाका साथ निर्वाचनमा रचनात्मक भूमिका केन्द्रित गराउन आह्वान गर्दछु' भनि उल्लेख गरिएको छ ।
साथै सोही शुभकामना सन्देशमा अध्यक्ष रेग्मीले संविधानसभा चुनाव आवश्यक तयारी पूरा गरी २०७० मंसिरभित्र गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई हटाएर निर्वाचनका लागि भन्दै चार दलले प्रधानन्यायाधीश नेतृत्वको गैरदलिय अन्तरिम चुनावी सरकार गठन गरेका थिए । सो बेला असारमा निर्वाचन गराइने उल्लेख गरिएको थियो । तर, असारमा गर्नै नसकिने अवस्था आए मंसिरमा गर्न सकिने सहजता भने राखिएको थियो ।
Powered by Blogger.
चुनावी सरकारका अध्यक्षले नै भने - 'असारमा चुनाव हुन्न'
प्रकाशित मिति:
April 14, 2013