बुद्धको मुर्ती राख्न नदिएको भन्दै सुर्खेत अनिश्चितकालीन बन्द
जेष्ठ १३ । सुर्खेतको लाटिकोइलीमा रहेको काँक्रे विहार संरक्षित वनमा
वुद्धको मुर्ती राख्न नदिएको भन्दै वौद्ध धर्मावलम्बीहरुले आजदेखि अनिश्चितकालिन सुर्खेत जिल्ला वन्द आह्वान गरेका छन् ।
लाटिकोइली स्थित काँक्रेबिहारमा बौद्धको मूर्ति प्रतिस्थापन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी दमन गरेको विरोधमा आइतबारदेखि गरिएको अनिश्चितकालीन सुर्खेत बन्दले जनजीवन प्रभावित हुन पुगेको छ । बन्दका कारण यातायात र बजार ठप्प भएको छ ।
वुद्ध जयन्तीको अवसरमा शनिबार काँक्रेविहारमा वुद्धको मुर्ती राख्न खोज्दा प्रशासनले राख्न नदिएपछि आन्दोलनमा उत्रिएका वौद्ध धर्मावलम्बीहरुले बन्द आह्वान गरेका हुन्। आज विहानैदेखि जिल्लामा यातायात, शैक्षिक संस्था, तथा व्यापार व्यवसाय सबै बन्द भएका छन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बन्दकर्ताहरु वार्ता भइरहेको र चाडै नै समस्या समाधान खोजी बाटो खोलिने जानकारी दिए ।

प्रकाशित मिति:
May 27, 2013