क्यान्सर निको हुँदा अभिनेत्री मनिषाको रोकिएन आँशु
जेठ ३ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले आफु क्यान्सरबाट पुर्णरुपमा मुक्त भएको खबर सुनाउँदा आँशु नरोकिएको खबर सुनाउन पनि छुटाइनन् ।
आफ्नो फेसबुकमार्फत मनिषाले आफू क्यान्सरबाट मुक्त भएको सुन्दा बेस्सरी रोएको भन्दै आफ्ना प्रशंशक तथा शुभचिन्तकहरुलाई जानकारी गराएकी थिइन् ।
फेसबुकमार्फत नै उनले क्यान्सरबाट मुक्त हुनुलाई उनले पुर्नजन्म भन्दै आफ्नो स्वास्थ्यको लागी प्राथना गर्ने सबैलाई धन्यवाद दिन पनि छुटाएकी छैनन् ।
नेपालकी बलिउड अभिनेत्री मनिषा गत वर्षको डिसेम्बरमा क्यान्सर लागेको पुष्टि भएपछि पहिले मुम्बइको जसलोक अस्पताल भर्ना भएकी थिइन् भने पछि अमेरिकामा गएर अप्रेशन गराएकी थिइन् ।
उनले पुर्णरुपमा स्वस्थ्य हुनको लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरेकी छिन् र त्यो दिन पनि आउने विश्वास व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति:
May 17, 2013