जेठ १६ । भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका भारतीय कुख्यात अपराधी बब्लु दुवे भनिने मिथिलेश दुवेलाई अञ्चल प्रहरी कार्यालय नारायणीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
भारत विहार पूर्वी चम्पारण कल्याणपुर मोतियारीका ३० वर्षीय दुवे काठमाडौँको सितापाइलामा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोलीले गएराति १ बजे पक्राउ गरेको हो ।
नेपाल र भारतका सीमाक्षेत्रमा रहेका उद्योगपति, व्यापारी, सरकारी कर्मचारी तथा भारतका राज्यसभा सदस्यसमेतलाई फोन धम्की दिँदै रकम असुल्ने दुवे काठमाडौँमा बसी बिहार पिपुल्स लिबरेसन आर्मी नामक आपराधिक सङ्गठन सञ्चालन गरिरहेको बताइएको छ ।
दुवेको साथबाट ६० हजार भारतीय रूपैयाँ, एक लाख ७३ हजार नेपाली रूपैयाँ र नेपाली सिमकार्ड भएको पाँच थान मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा दुवेले हालसम्म आफ्नै हातले छ जनाको हत्या गरेको र आपूmले दिएको निर्देशनमा सङ्गठनका सदस्यहरुले ३० जनाको हत्या गरेको जानकारी दिइयो ।
सीमाक्षेत्रका व्यापारी, उद्योगपति, सरकारी कर्मचारीलाई फोन गरी रकम माग गर्ने र नदिएको खण्डमा हत्या गर्ने गरेको पत्रकार सम्मेलनमा दुवेले स्वीकार गरेका छन् ।
पक्राउ परेका दुवेले नेपालमा गरेका अपराधबारे थप अनुसन्धान भइरहेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ । रासस
Powered by Blogger.
३० जनाको हत्या गर्ने कुख्यात अपराधी बब्लु दुवे नेपालमा पक्राउ
प्रकाशित मिति:
May 30, 2013