घाँटी रेटी फ्याँकिएका व्यक्तिको प्रहरीद्वारा उद्धार
जेठ ३ । पर्साको नेपाल–भारत सीमावर्ती क्षेत्रको सिर्सिया पुलनजिकै घाँटी रेटी फ्याँकिएका एक व्यक्तिलाई प्रहरीले बिहीबार सकुसल उद्धार गरेको छ ।
नाम, वतन नखुलेका करिब वर्ष ५० का ती व्यक्तिलाई प्रहरीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरेको छ, तर उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ । घाइतेको स्वास र घाँटीका मुख्य नशाहरू काटिएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराएको प्रहरीले बताएको छ ।
सीमाक्षेत्रमा गम्भीर घाइते अवस्थामा एक व्यक्ति रहेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरेको थियो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति:
May 17, 2013