• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » क्रिकेटमा म्याच फिक्सिंगको आरोपमा तीन खेलाडी पक्राउ र निलम्बित, के हो त म्याच फिक्सिंग !
क्रिकेटमा म्याच फिक्सिंगको आरोपमा तीन खेलाडी पक्राउ र निलम्बित, के हो त म्याच फिक्सिंग !

जेठ ३ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले बिहीबार भारतका खेलाडी शङ्कटकुमारन श्रीसंत तथा अन्य दुईलाई ट्वान्टीट्वान्टी प्रतियोगितामा स्थान निर्धारण म्याच फिक्सिंग गरेको आरोपमा निलम्बन गरेको छ ।


बीसीसीआईले बिहीबार जारी गरेको विज्ञप्तिमा हालसम्म अङ्कित चव्हण, अजित चंडिला तथा एस श्रीसंतलाई निलम्बन गरिएकोे उल्लेख गरिएको छ । यी व्यक्तिको संलग्नताका विषयमा सबै सूचना प्राप्त गरिने र गल्ती गरेको देखिएमा कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजस्थानमा आधारत ट्वान्टीट्वान्टी लिग समूहका यी तीनै खेलाडीलाई अदालतमा मुद्दा चलाइने अनुमान गरिएको छ । प्रहरीले हिरासतमा लिएका खेलाडीहरूमा श्रीसंत सबैभन्दा उच्च स्थान प्राप्त खेलाडी हुन् । उनले भारतका लागि अन्तर्राष्ट्रिय २७ टेस्ट तथा ५३ सीमित ओभरका खेलमा भाग लिएका छन् ।

स्थानीय आमसञ्चारले दिल्ली प्रहरीले सात व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

भारतमा यसअघि पनि क्रिकेट खेलमा स्थान निर्धारणका घटनाहरू भएका थिए ।

गत वर्ष कमै परिचित टीपी सुधिन्द्रलाई स्थानीय टीट्वान्टी खेलमा नो–बल हान्ने कुरा स्वीकार गरेको भिडियोमा देखिएपछि यस खेलमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।

के हो त म्याच फिक्सिंग
प्रतियोगितामा स्थान निर्धारण अर्थात म्याच फिक्सिंग भन्नाले बुझिने भाषामा भन्नुपर्दा खेलमा एउटा टोलिले अर्को टोलिसँग गोप्य रुपमा विभिन्न आर्थिक लाभ हात पार्न वा पारे पछि आफ्नो खेल जानीजानी कमजोर प्रदर्शन गर्नु र विपक्षीलाई जिताउनु हो ।

यसो हुँदा जसलाई आज तैले चौका छक्का नहान र हाम्रो टिमलाई जिताई दे तलाई यति लाख, उति लाख भनेर सम्झौता गरिएको हुन्छ । त्यस्तै फिल्डिंगमा भएकाले पनि चौका छक्का छेके छेके जस्तो गरेपनि उम्काईदिन्छ र विपक्षीलाई जिताउन सहयोग गर्छ । खेलमा यस्तो गर्नुलाई म्याच फिक्सिंग भन्ने गरिन्छ ।

प्रकाशित मिति: May 17, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


अफगान सुरक्षाबलको कारबाहीमा परि ६० ...

अफगानस्तानमा मारिए पाँच आइएस आतङ्कक...

नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, ह...

यी हुन् सन् २०१७का यादगार घटना
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |