• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » अफगानस्तानमा मारिए पाँच आइएस आतङ्ककारी
अफगानस्तानमा मारिए पाँच आइएस आतङ्ककारी

काबुल, १७ पुस  
अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका पाँच लडाकू मारिएका छन् । नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका पाँच आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका छन् । 

सोमबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान एओडिओसिनिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ । 

अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ । रासस

प्रकाशित मिति: January 01, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |