समानुपातिकको मत परिणाम सार्वजनिक गर्न वामगठबन्धनको दबाव
काठमाडौँ, १७ पुस
नेकपा माओवादी तथा एमालेका नेताहरुले गत मंसीरमा सम्पन्न भएको प्रतिनीधी तथा प्रदेशसभा अन्र्तगत समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न दबाव दिएका छन् । एमाले र माओवादी नेताहरुको संयुक्त टोली सोमबार दिउँसो निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फको मतपरिणामको नजिता सार्वजनिक गरि राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्न दबाव दिएका हुन् ।
एमाले अध्यक्ष भीम रावलले प्रमुख निर्वाचन आयुक्तसहितको निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर वामको टोलीले राष्ट्रपतिले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पनि पारित गरिसकेको अवस्थामा निर्वाचन मिति तोक्न ढिलाइ नगर्न आग्रह गरिएको जानकारी दिएका छन् ।
रावलले भने ‘संविधानको भावनानुसार सात दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत हुने’ बताए। उनले ‘राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी संघीय संसद्मा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले’ समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने जिकिर गरे।
वामका नेताहरुले प्रतिनिधि सभा समानुपातिकतर्फको मतपरिणाम पनि तत्काल सार्वजनिक गर्न दबाव दिएका छन् । भेटका क्रममा प्रमुख आयुक्त यादवले आयोग मतपरणिाम अनन्तकालसम्म लैजाने पक्षमा नरहेको जवाफ दिएका थिए ।
आयोगमा दबाव दिन एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुनसहितका नेता पुगेका थिए ।
प्रकाशित मिति:
January 01, 2018