२११ बल बाँकी छँदै नेपाल सामु इटली ८ विकेटले पराजित, नेपालको लगातार तेस्रो जित
बैशाख २२ । विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत इटली विरुद्धको खेलमा २११ बल बाँकी छँदै नेपालले इटलीलाई ८ विकेटले पाखा लगाउँदै लगातार तेस्रो जित दर्ता गरेको छ ।
इटलीले ५० ओभरमा ९ विकेट गुमाएर दिएको १ सय २९ रनको लक्ष्यलाई २ विकेटको क्षतिमा नेपालले १४ ओभर ५ बल खेल्दै भेट्टाएको थियो ।
उक्त रन जोड्न सुवास खकुरेलले ४७ रन, प्रदिप ऐरीले ४२ रन, पारस खड्काले २२ र ज्ञानेन्द्र मल्ले १० रन जोडेका थिए ।
यसअघि इटलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका राहुल विश्वकर्मा र संजम रेग्मीले समान तीन ३ विकेट लिएका थिए भने शक्ति गौचनले २ तथा बसन्त रेग्मीले एक विकेट लिए ।
डिभिजन टु मा उक्लनका लागि इटली विरुद्धको खेलमा जितेर मात्रै पनि नभई अर्को खेलमा बर्मुडाले पनि अमेरिकालाई हराउन आवश्यक रहेकाले एकातिर जित्न मेहनत र अर्कातिर भाग्यमा आधारित मानिएको यो खेललाई निक्कै महत्वका साथ हेरिएको छ ।
नेपालले आजको खेल भारी अन्तरले जितेपनि र जितेर मात्रै पनि ढुक्क हुने स्थिति रहेको छैन । आजै भईरहेको अमेरिकाबिरुद्ध बर्मुडाको खेलको भर पर्नुपर्ने हुन्छ जहाँ आयोजक बर्मुडाले भारी अन्तरले अमेरिकालाई हराउनुपर्ने हुन्छ।
आजको जितसँगै अब अमेरिका र नेपालले समान ३, ३ खेलमा जित हासिल गरेका छन् । आजको जितसँगै नेपाल दोस्रो स्थानमा आए पनि अमेरिकाले जितेमा नेपाल पुनः तेस्रोमा गएर डिभिजन थ्रीमा उडिनुपर्ने हुन्छ । तर हारेको खण्डमा भने डिभिजन टुमा उक्लने छ ।
यो समाचार तयार पार्दासम्म बर्मुडाले पनि १ विकेटको क्षतिमा १५ ओभर ४ बलमा ८८ रन जोडेर खेलिरहेको छ ।

Teams | Mat | Won | Lost | Tied | N/R | Pts | Net RR |
---|---|---|---|---|---|---|---|
Uganda | 4 | 4 | 0 | 0 | 0 | 8 | +1.508 |
Nepal | 5 | 3 | 2 | 0 | 0 | 6 | +0.715 |
U.S.A. | 4 | 3 | 1 | 0 | 0 | 6 | +0.690 |
Bermuda | 4 | 2 | 2 | 0 | 0 | 4 | -0.959 |
Oman | 4 | 1 | 3 | 0 | 0 | 2 | -0.152 |
Italy | 5 | 0 | 5 | 0 | 0 | 0 | -1.675 |
यो समाचार तयार पार्दासम्म बर्मुडाले पनि १ विकेटको क्षतिमा १५ ओभर ४ बलमा ८८ रन जोडेर खेलिरहेको छ ।
प्रकाशित मिति:
May 05, 2013