प्रचण्ड आफैँले भने- 'मैले नोबेल पुरस्कार पाउनुपर्छ'
जेठ १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले मौलिक क्रान्तिमार्फत परिवर्तन ल्याउँदै शान्ति प्रक्रिया टुङ्गाएको र सेना समायोजन गरेकामा नोबेल पुरस्कार पाउनुपर्ने जिकिर गरेका छन् ।
नुवाकोटको बट्टारमा मंगलबार आयोजित आमसभामा अध्यक्ष दाहालले संभवतः पहिलो पटक यस्तो बताएका हुन् । यसअघि नेता गिरिजाप्रसाद कोइरालालाई शान्ति विषयमा विश्वको महत्वपूर्ण सो पुरस्कार दिनुपर्ने दाबी नेपालबाट गरिएको थियो ।
उनले एघारबुँदे र पच्चिसबुँदे सहमतिबाट सुरु भएको संवैधानिक प्रक्रिया भताभुङ्ग हुने भएकाले मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिन नहुने बताए । राजीनामा दिँदा संवैधानिक प्रक्रिया भताभुङ्ग हुन्छ, ११ र २५ बुँदेबाट पछि हट्ने होइन, सहमतिअनुसार निर्वाचनको मिति घोषणा गर्नुपर्छ” अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष दाहालले ‘थ्रेस होल्ड’, फौजदारी अभियोगलगायत नयाँ प्रावधान राखिएमा निर्वाचन भाँिडने पनि बताएका छन् “अघिल्लो निर्वाचनको प्रावधानमा परिवर्तन नगरी नहुने प्रावधान मात्र परिर्वतन गर्नुपर्छ” अध्यक्ष दाहालले भने ।
प्रकाशित मिति:
May 29, 2013