तेस्रो पटक पनि चुनिए पाकिस्तानको प्रधानमन्त्रीमा नवाज सरिफ
बैशाख २९ । पाकिस्तानमा दुई पटकसम्म प्रधानमन्त्री बनिसक्नु भएका मुहमाद नवाज सरिफको पार्टी पाकिस्तानमा हिजो भएको निवार्चन मतदान परिणामको अग्रस्थानमा रहेको छ । यस परिणामबाट उहाँ पाकिस्तानको तेस्रो पटक प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
आइतबार सार्वजनिक गरिएको निर्वाचनको परिणामअनुसार सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग –नवाज (पीएमएल–एन), प्रत्क्षय निर्वाचनबाट संसदमा जाने २७२ सिटमा ११५ स्थानमा अग्रपङ्क्तिमा रहेको जनाइएको छ ।
सरिफ दुईस्थानबाट सो निर्वाचनमा सहभागी हुनुभएको र उहाँको दुईवटै स्थानबाट जित भएको बताइएको छ ।
यसअघि सरिफ सन् १९९० को नोभेम्बरबाट जुलाईदेखि १९९३ सम्म र १९९७ को फेबु्रअरीदेखि १९९९सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।
सन् १९९९ मा तत्कालीन सैनिक शासक परभेज मुसर्रफले सरिफलाई सैनिक कुबाट हटाएका थिए । कु गरी हटाउने मुसर्रफ स्वयम हाल जेलमा जीवन वितारहेका छन् ।
यस निर्वाचनबाट पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलोपटक एक प्रजातान्त्रिक तरिकाले निर्वाचित सरकारले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी अर्को प्रजातान्त्रिक तरिकाले निर्वाचत सरकारले शासन प्राप्त गर्ने अवस्था सिर्जना भएको छ ।
तत्कालिन प्रधानमन्त्री राजा परवेज असरफले गत मार्च १६ मा सरकारको पाँच वर्षे कार्यकालको अन्त्यमा मुलुकलाई सम्बोधन गर्दै विभिन्न बाधाबीच पनि सरकारको कार्यकाल सम्पन्न हुनु असाधारण तथा ऐतिहासिक उपब्धि भएको बताउनुभएको थियो । एजेन्सी

प्रकाशित मिति:
May 12, 2013